लीलादेवी गडतौलाले कामु मुख्यसचिवको जिम्मेवारी सम्हाल्ने
काठमाडौं। विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएसँगै मुख्यसचिव डा.वैकुण्ठ अर्याल स्वतः निलम्बनमा परेका छन् ।
अर्याल निलम्बनमा परेपछि प्रधानमन्त्री कार्यालयकी वरिष्ठ सचिव लीलादेवी गडतौलाले निमित्त मुख्य सचिवको जिम्मेबारी सम्हाल्ने भएकी छन्।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिव रहँदा सुरक्षण मुद्रण केन्द्रको अन्तःशुल्कको स्टिकर खरिदमा करोडौं रुपैयाँ अनियमितता गरेको भन्दै अख्तियारले मुख्यसचिव अर्यालसहित ११ जनालाई आइतबार भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेका सचिवहरुमध्ये गडतौला वरिष्ठ हुन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment