सुजन बाबु गुरुङको ‘तिम्रो तस्बिर’ सार्वजनिक
काठमाडौं । कुनै खास अवसरमा पोस्ट कार्डमा भावना लेखेर आफ्नो प्रिय ब्यक्तिलाई दिने जमाना थियो । उक्त जमानामा सेलिब्रेटी क्रसको पनि खास महत्त्व हुन्थ्यो ।
आफुलाई मन पर्ने नायक नायिकाको तस्विरमा वा आफुलाई मन पर्ने प्रिय ब्यक्तिलाई भावना लेखेर दिने मात्र होइन प्रतिक्रियामा आएको देखि भित्तामा टासिएका सिनेमाको पोस्टरबाट आफ्ना क्रसको फोटो काटेर पर्समा राख्नुको पनि छुट्टै महत्त्व हुन्थ्यो ।
त्यति मात्र होइन उनै क्रसको फोटो आफ्नो कोठाको भित्ता भरी टासेर उनैलाई हेर्दै निदाउनुको मज्जा पनि अलग्गै हुन्थ्यो ।
माथि उल्लेखित अनुभव असी र नब्बेको दशकका धेरै मानिसको साझा अनुभव हो भन्दा फरक नपर्ला । तर, समय बदलिदै जादा सेलिब्रेटी क्रसको महत्त्व पनि ह्वात्तै घटेको छ ।
आफुलाई मन पर्ने मानिसको हरेक क्रियाकलाप सामाजिक सन्जाल मै छताछुल्ल हुदा जान्न बाँकी र देख्न बाँकी केही नहुदा पहिलाको झै आकर्षण नै रहन छोडेको छ ।
तर, पुरानै अनुभवलाई पर्दामा उतार्ने काम ‘तिम्रो तस्विर’ गीतको भिडियो मार्फत विक्रम चौहानले गरेका छन् । सुजन बाबु गुरुङको स्वर, शब्द संगीत रहेको गीतका शब्द लेखनमा उनलाइ प्रवेश दुलालले साथ दिएका छन् ।
भिडियोमा एक आम दर्शक बनेका सुजनको क्रश स्वस्तिमा खड्का हुन्छिन । तर स्वस्तिमाको विवाहले सुजनको मन टुक्रिएको कथा देखाईएको छ ।
चौहानको कथा र निर्देशन रहेको भिडियोमा सुजन सङै बलराम परियार र हिमा सापकोटाको अभिनय छ । प्रकाश खड्काले खिचेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका हुन् ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment