सरकारसँग सहमतिपछि घर फर्कियो रुवी खान नेतृत्वको टोली

डिसी नेपाल
१२ असार २०८१ २०:१३
60
Shares

काठमाडौं। अधिकारकर्मी रुवी खान नेतृत्वको अनसनरत टोली सरकारसँग सहमतिपछि घर फर्किएको छ।

बाँकेमा भएको निर्मला कुर्मी र सुमदरानी थारु मृत्यु घटनाका सम्बन्धमा विभिन्न माग राखी उनीसहित १६ जना माइतीघरमण्डलामा अनशन बसिरहेका थिए। उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनमा असोज १० गते अनसनरत टोलीसँग वार्तापछि सरकारसँग पाँचबुँदे सहमति भएको थियो। सहमतिपछि खानको टोली आज गृह जिल्ला बाँके फर्किएको छ।

टोलीले निर्मला कुर्मीको अपहरण, शरीर बन्धक, कर्तव्य ज्यानसम्बन्धी जाहेरीमा प्राथमिकताका साथ अनुसन्धान पार्नुपर्ने, यसअघि गठित विभिन्न छानबिन समितिका प्रतिवेदनका सिफारिस यथाशीघ्र निरुपण गर्नुपर्ने, नेपाल प्रहरी प्रधान कार्यालयमार्फत जिल्ला प्रहरी कार्यालय, बाँकेलाई लिखित निर्देशनपत्र पठाउनुपनलगायत माग राखेर आन्दोलन गरिरहेको छ। ‘सरकारसँग विभिन्न मागसहित चौथो पटक वार्ता र सहमति भयो तर तेस्रो पटकको सहमति पूर्णरुपमा कार्यान्वयन भएको छैन’, महिला अधिकारमञ्चकी अध्यक्षसमेत रहेकी खानले भनिन्, ‘अबको सहमतिपछि सरकारले न्याय दिन्छ भन्ने पूर्ण विश्वासका साथ घर फर्किएका छौँ, अब फेरि आन्दोलन गर्नुपर्दैन होला भन्ने हाम्रो विश्वास छ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *