सांस्कृतिक महासंघमा बेथिति बढ्यो, वास्तविक कलाकर्मी बाहिरिन थाले: महामन्त्री रायमाझी

डिसी नेपाल
१४ असार २०८१ ९:१८
36
Shares

काठमाडौं । नेतृत्वको बेथितिका कारण नेपाल सांस्कृतिक महासंघबाट वास्तविक कलाकर्मी बाहिरिन थालेको महामन्त्री दुर्गा रायमाझीले बताएका छन्। वरिष्ठ लोक गायकसमेत रहेका रायमाझीले धनगढीमा आयोजित एक कार्यक्रममा बोल्दै उक्त कुरा बताएका हुन्।

महासंघमा बेथिति बढ्दै गएको र नेतृत्व कै कारण महासंघले उचित स्वरूप पाउन नसकेको उनको दुखेसो छ। ‘संघ हुँदा नै पूर्णता नभएको बेला महासंघको नाममा गरिने हरेक क्रियाकलाप वैध छैनन्। संस्थाको गरिमा कायम गर्न गर्दै गतिशीलता प्रदान गर्नुपर्छ,’ उनले भने।

नेपाली कांग्रेसको भ्रातृ संस्था रहेकाले पार्टीले ३ वर्षका लागि मनोनीत गरेको भए पनि ५ जना पदाधिकारीको ९ वर्ष पुगिसकेको उनले बताए। यसरी संवैधानिक संकट निस्किएको अवस्थामा कुनै पनि पदाधिकारीले मनलाग्दि निर्णय गर्न नहुने उनको तर्क छ।

आफू सुदूरपश्चिमका विभिन्न जिल्लाका साथीहरूसँग भेटघाटका क्रममा पुगेको र अब जिल्ला जिल्लामा संगठन विस्तार हुनुपर्ने उनले बताए। सबै जिल्लामा चाँडोभन्दा चाँडो संगठन पुगाएर र पुराना समितिको निर्वाचन गराएर केन्द्रीय महाधिवेशन गर्नुपर्ने उनको धारणा छ।

अहिले ९ वर्ष पुरानो नेतृत्वले केही व्यक्तिलाई जिम्मेवारी प्रदान गरिएको भन्दै पत्र दिने गरेको प्रति उनले खेद प्रकट गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *