अर्जुननरसिंह केसीको कवितामार्फत सरकारलाई व्यङ्ग्य

डिसी नेपाल
१४ असार २०८१ १२:४२
32
Shares

काठमाडौं। नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले कवितामार्फत सरकारलाई व्यङ्ग्य गरेका छन्। शुक्रबारको प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै नेता केसीले सरकारका कामकारबाहीप्रति कवितामार्फत व्यङ्ग्य गरेका हुन्।

केसीले संसदमा वाचन गरेको कविता :

न राज्य नीतिले चल्छ न विधि न त पद्धति
शीर्षस्थ सिन्डिकेटको राज थपिँदै नवसम्मति।
संसद्को सार्वभौमिकता मिचियो लोकसम्मति
हरायो लौन खोजी पाउँ शून्यमा शून्यको गति।

सांसद संसदमा बोल्छन् सम्बोधन हुन्न केही पनि
गर्जन हुन्छ बिचबिचमा थोपै बर्सन्न तैपनि।
काण्डै काण्ड महाकाण्ड,खोइ छानबिन प्रतिवेदन।
किन ल्याइन्न संसदमा स्वार्थ हो, डर हो किन?


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *