वृद्ध दम्पती घरसहित पहिरोमा पुरिए
फाइल फाेटाे
बागलुङ। बागलुङको गलकोट नगरपालिका-८ काँडेबाँसको बिसौनामा वृद्ध दम्पती घरसहित पहिरोमा पुरिएका छन्।
बिसौनाका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती गए राति पहिरोमा पुरिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए। अहिले घटनास्थलमा प्रहरी टोली पठाइएको छ।
यसैबीच पहिरोले मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ। यस क्षेत्रमा शुक्रबारदेखि लगातार पानी परिरहेको छ। कालीगण्डकी करिडोर र बागलुङ–कुश्मीशेरा सडक पनि अवरुद्ध छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment