‘रातो टीका निधारमा’गीत : नव–अभिनेतासंग कस्तो देखियो साम्राज्ञीको केमेष्ट्रि ?

डिसी नेपाल
२३ साउन २०७६ १६:१४

काठमाडौं। अशोक शर्माको लेखन तथा निर्देशन रहेको चलचित्र ‘रातो टीका निधारमा’को पहिलो गीत सार्वजनिक गरिएको छ।

बिहीबार राजधानीमा एक कार्यक्रम गर्दै अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र नव–अभिनेता अंकित शर्मा फिचर्ड ‘मेरो माया के हो…’बोलको गीत सार्वजनिक गरिएको हो। अंकित अशोक शर्माका छोरा हुन।

रवी मल्लको शब्द, कल्याण सिंहको संगीत रहेको गीतमा निशान भट्टराई र अस्मिता अधिकारीको स्वर छ। औषत गीतको भिडियो पनि औषत नै छ।

बसन्त श्रेष्ठले यो भिडियोको कोरियोग्राफी गरेका हुन्।
किरण शर्मा, कृति शर्मा निर्माताका रुपमा रहेको चलचित्र ‘रातो टीका निधारमा’ दशैंलाई लक्षित गरि प्रदर्शनमा आउँदैछ।

चलचित्रमा साम्राज्ञी, अंकितका साथमा बुद्धि तामाङ्ग, रविन्द्र झा, शिवहरी पौडेल, नीता ढुंगाना, खुश्बु खड्का, लक्ष्मी गिरी, अरुणा कार्की, बसुन्धारा भुषाल, जयनन्द लामा, राजाराम पौडेल, कमला रेग्मी लगायतको अभिनय छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *