क्यान बैठकः सन्दीप ए ग्रेडमा समावेश, उपाध्यक्षसहित चार जनालाई सोध्यो स्पष्टीकरण

डिसी नेपाल
२१ असार २०८१ १७:१७
592
Shares

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेलाई केन्द्रीय सम्झौतामा अनुबन्ध गरेको छ।

क्यानको केन्द्रीय कार्यसमितिको बैठकले सन्दीपलाई जुलाई १ देखि ३१ डिसेम्बर, २०२४ सम्म ए ग्रेडमा रहने गरि केन्द्रीय सम्झौतामा अनुबन्ध गरेको हो। ए ग्रेडमा रहने खेलाडीलाई क्यानले हरेक महिना एक लाख पारिश्रमिक दिने गर्दछ।

क्यानको केन्द्रीय सम्झौताको ए ग्रेडमा कप्तान रोहित पौडेल, करण केसी, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, असिफ सेख र कुशल भुर्तेल रहेका छन्।

यस्तै क्यानले संघका उपाध्यक्ष रोशनकुमार सिंहसहित चार जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। बैठकले उपाध्यक्ष सिंहसँगै केन्द्रीय सदस्य माधवकुमार कर्माचार्य, दुर्गाराज पाठक र सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष चेतनाथ पौडेललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।

उनीहरुले विश्वकप क्रिकेटमा सहभागिताका दौरान नेपाल क्रिकेट संघ र संघका पदाधिकारीहरूलाई लक्षित गरेर विभिन्न मिडिया तथा सामाजिक सञ्जालहरूमा संघको निर्णय विपरीत हुँदै नभएको आधारहीन कुराहरूको अन्तर्वार्ता एवं भ्रामक प्रचार गरेको क्यानको आरोप छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *