जर्मनीलाई स्तब्ध पार्दै स्पेन युरोकप फुटबलको सेमिफाइनलमा

डिसी नेपाल
२२ असार २०८१ ६:२६
124
Shares

काठमाडौं। आयोजक जर्मनीलाई स्तब्ध बनाउँदै स्पेन युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। शुक्रबार राति भएको प्रतिस्पर्धात्मक खेलमा जर्मनीलाई २-१ गोल अन्तरले हराउँदै स्पेन अन्तिम चारमा पुगेको हो।

निर्धारित ९० मिनेट १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयले निर्धारण भएको थियो। अतिरिक्त समयको पनि अन्तिम समयमा स्पेनले विजयी गोल गरेको हो।

११९औं मिनेटमा मिकेल मेरिनोले गोल गर्दा स्पेनलाई अन्तिम चारमा पुर्‍याएका हुन्। डयानी ओल्मोको क्रसमा हेड प्रहार गर्दै उनले स्पेनलाई जित दिलाएका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.