टर्कीलाई हराउँदै नेदरल्याण्ड्स युरोकपको सेमिफाइनलमा

डिसी नेपाल
२३ असार २०८१ ६:३४
72
Shares

काठमाडौं। टर्कीलाई हराउँदै नेदरल्याण्ड्स युरो कप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ। बर्लिनमा गएराती भएको अन्तिम क्वाटरफाइनल खेलमा नेदरल्याण्ड्सले टर्कीलाई २-१ को गोल अन्तरले हराउँदै क्‍वाटरफाइनलमा प्रवेश गरेको हो।

टर्कीले खेलको ३५औं मिनेटमा खेलमा अग्रता लिएको थियो। आर्डा गुलेरको क्रसमा अकायदिनले हेडमार्फत गोल गर्दै टर्कीलाई अग्रता दिलाएका थिए। तर दोस्रो हाफको ७०औं मिनेटमा मेम्फिस डिपाएको क्रसमा हेडमार्फत गोल गर्दै स्टेफान डेभ्रिजले खेल बराबरीमा ल्याए।

७६औं मिनेटमा फेरी अर्को गोल गर्दै नेदरल्याण्ड्सले अग्रता लियो। डेन्जेल डमफ्रिजको क्रसमा मर्ट मल्डुरले आत्मघाती गोल गरेपछि नेदरल्याण्ड्सले अग्रता लिन सफल भयो। सोही गोल नै जितका लागि पर्याप्त भयो।

नेदरल्याण्ड्सले अब सेमिफाइनलमा इङ्ल्यान्डको सामना गर्नेछ। इङ्ल्यान्डले शनिबार राति स्विट्जरल्यान्डलाई हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *