‘संविधानको मर्म अनुसार कानून निर्माणको कामलाई तीव्रता दिइएको छ’
फाइल तस्विर
काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधानको मर्म अनुसार कानून निर्माणको कामलाई तीव्रता दिइएको बताएका छन्।
अध्यक्ष तिमिल्सिनाले संविधानले कुनै पनि नागरिकलाई भेदभाव गर्न नहुने व्यवस्था गरेको उल्लेख गर्दै सबै नागरिक समृद्ध हुने गरी समृद्धिको अभियानलाई अघि बढाउन पनि तीनवटै तहका सरकारको ध्यानाकर्षण गराए।
उनले शिक्षा, स्वास्थ्य तथा रोजगारी जस्ता नागरिकको अधिकारलाई संविधानले मौलिक हकको रुपमा व्यवस्था गरेको उल्लेख गर्दै नागरिकको आधारभूत समस्या समाधान गर्दै अघि बढन पनि सरकारलाई आग्रह गरे।
अध्यक्ष तिमिल्सिनाले मुलुकमा राजनीतिक स्थायित्व पनि कायम भएकाले अव समृद्धिको अभियानलाई अघि बढाउन सहज भएको स्मरण गराए। मातृभूमि महिला समाजले बिहीबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले समृद्धिको अभियानलाई अघि बढाउन नागरिकमाथि कुनै पनि प्रकारको विभेद हुन नदिन सरकारलाई सचेत पनि गराए।
कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले संस्कतिविद् सत्यमोहन जोशीलाई पनि सम्मान गरेका थिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment