सम्बन्ध बिच्छेदमा आधारित मिलन नेवार र जोहेब मानन्धरको गीत ‘एकदिन’ सार्वजनिक (भिडियो)
काठमाडौं । बैवाहिक जिवनमा जब सम्बन्धमा फाटो आउन थाल्छ तब दुबैले एक अर्कामा आफूले गरेको योगदान र आफू मात्र ठिक भन्ने भावना जागृत हुन थाल्छ र यहि नै सम्बन्ध बिच्छेदको मुल कारण हुन जान्छ भन्ने सन्देशका साथ गायिका मिलन नेवार र गायक जोहेब मानन्धरको नयाँ गीत ‘एकदिन’सार्वजनिक भएको छ ।
जोहेब मानन्धरको नै शब्द, संगीत रहेको गीतलाई सन्दिप कार्कीले एरेन्ज गरेका हुन् । हाईटेक इन्टरटेण्टमेन्टको प्रस्तुति रहेको गीतको भिडियोमा नायक कर्मा शाक्य र रुबिना थापाको जिबन्त अभिनयर हेको छ। कविराज गहतराजको निर्देशन, दुर्गा पौडेलको सिनेमाटोग्राफी, मित्र डी गुरुङको सम्पादन रहेको भिडियोमा जोहेबको नै कथा ,कन्सेप्टमा तयार पारिएको हो ।
नेपाली सांगीतिक छेत्रमा लामो समयदेखि कृयाशिल गायक जोहेब समय समयमा आफ्ना पृथक बेग्लै गीत लिएर आउने गायकको रुपमा परिचित छन् । २०५७ सालको चर्चित गीत ‘म यस्तो गीत गाउन्छु तिम्रो चहनामा’ गीतबाट चर्चा कमाएका गायक राम्रो संगीतकारको साथै रचनाकारको रुपमा पनि सफल मानिएका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment