चोरी गर्ने क्रममा मकवानपुरका प्रशान्त थोकर कलंकीबाट पक्राउ

डिसी नेपाल
२३ साउन २०७६ २१:२१

काठमाडौं । काठमाडौ महानगरपालिका-१४ कलंकीबाट सतुंगल बस्ने मकवानपुर थाहा नगरपालिका ताखेल घर भएका २८ वर्षीय प्रशान्त थोकरलाई सालकको खपडा जस्तो देखिने बस्तु ८३ टुक्रा, कस्तुरीको विना जस्तो देखिने बस्तु १ वटा र करिब ६० हजार रुपैयाँ बराबरको विभिन्न प्रकारका वाइरिङका तारहरु सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ।

सोही ठाउँस्थित मदन झाको बन्दै गरेको घरबाट वाइरीङ गरेको तारहरु चोर्दै गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले प्रशान्तलाई नियन्त्रणमा लिई शरिर तलासी गर्ने क्रममा उनले लगाएको कोटको खल्तीमा लुकाई छिपाई राखेको अवस्थामा उक्त सामानहरु सहित फेला पारी पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *