अष्ट्रेलियामा १२ वर्षकी बालिकालाई गोहीले खायो
Saltwater crocodile (Crocodylus porosus) worlds largest living reptile, cooling himself with open mouth, Darwin, Northern Territory, Australia (Saltwater crocodile (Crocodylus porosus) worlds largest living reptile, cooling himself with open mouth, Da
काठमाडौं । अष्ट्रेलियामा १२ वर्षीया बालिकालाई गोहीले खाएको छ । अष्ट्रेलियाली मिडिया एबीसीका अनुसार घटना पालुम्पा क्षेत्रमा भएको हो। बालिका मंगलबार दिउँसो पौडी खेल्न गएकी थिइन् । राति अबेरसम्म बालिकाको कुनै पत्तो नपाएपछि परिवारले प्रहरीमा हराएको उजुरी दिएका थिए ।
प्रहरीले बालिकाको खोजीका लागि स्थानीयको सहयोग मागेको थियो । यसका लागि प्रहरीले पार्क सञ्चालक र वन विभागको विशेष टोली गठन गरेको थियो । प्रहरीले बुधबार साँझ स्विमिङ पुल नजिक बालिकाको रगतले लतपतिएको लुगा फेला पारेको थियो ।
त्यसपछि पूरै क्षेत्रमा त्रास फैलियो । प्रहरीले बिहीबार बिहानदेखि खोजी कार्यलाई तीव्र पारेको थियो । यसपछि केही दूरीमा बालिकाको शव फेला परेको थियो ।
प्रहरी अधिकारीले बिहीबार बिहान उक्त क्षेत्रमा गोही देखेको बताए । यसपछि वन विभागको टोलीले पौडी पोखरी वरपर गोहीको सङ्केत पाएपछि बालिकालाई गोहीले खाएको प्रष्ट भएको थियो ।
बालिकाका परिवारका अनुसार उनीहरु बिदा मनाउन पलुम्पा आएका थिए । यस अवधिमा उनीहरूले छोरीका लागि पौडी खेल्ने कक्षा सञ्चालन गरेका थिए । पालुम्पाका मुख्यमन्त्री इभा ललरले यस घटनाप्रति दुःख व्यक्त गर्दै यो घटना हृदयविदारक भएको बताइन्। उनले गोहीबाट जनतालाई जोगाउन अझै पहल गर्न बाँकी रहेको बताइन् ।







डिसी नेपाल








Facebook Comment