गोली लागेपछि पनि ट्रम्पको योजना फेरिएन, पूर्वनिर्धारित सार्वजनिक कार्यक्रममा आजै सहभागी हुने

डिसी नेपाल
३० असार २०८१ ११:४५
148
Shares

काठमाडौं । पेन्सिलभेनियामा भएको चुनावी र्‍यालीमा कानमा गोली लागेर जोगिएका अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ । दुई स्रोतले यसबारे अमेरिकामा बीबीसीको समाचार साझेदार सीबीएस न्यूजलाई बताएको छ।

ट्रम्प कहाँ गएका छन् भन्ने अझै स्पष्ट भइसकेको छैन तर चुनावी र्‍यालीपछि उनको न्यु जर्सीस्थित घर जाने योजना थियो ।

यसबाहेक पूर्व राष्ट्रपतिले आइतबार विस्कन्सिनको मिलवाकीमा हुने रिपब्लिकन राष्ट्रिय सम्मेलनमा पनि जाने योजना बनाएका छन् ।

उनको अभियानले योजना अनुसार मिलवाउकी जाने कुरा पुष्टि गरेको छ। महाधिवेशनमा उनलाई रिपब्लिकन पार्टीको आधिकारिक राष्ट्रपति उम्मेदवार घोषणा गरिने छ।

ट्रम्पले सोमबारदेखि सुरु हुने महाधिवेशनमा आफ्नो उपराष्ट्रपतिको उम्मेदवार पनि छनोट गर्ने योजना बनाएका छन् ।

ट्रम्पको अभियान कार्यालयले भनेको छ कि ट्रम्पले ‘राम्रो महसुस गरिरहेका छन्’ र आक्रमण पछि ‘कानून प्रवर्तन र पहिलो प्रतिक्रिया दिनेहरूप्रति आभारी छन् ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *