न्यूजिल्याण्डको तटमा मृत फेला परेको ह्वेलको पहिचान, वैज्ञानिकले भने – दुर्लभ प्रजाति
काठमाडौं । यस महिनाको सुरुमा न्यूजिल्याण्डको समुद्र तटमा मृत फेला परेको ह्वेललाई दुर्लभ प्रजातिको रूपमा पहिचान गरिएको छ।
यो ह्वेलको विशेषता भनेको यसको कोदालो जस्तो धारिलो दाँत हो र यो कहिल्यै जीवित नदेखिएको दुर्लभ प्रजाति हो।
मृत फेला परेको ह्वेल पाँच मिटर लामो थियो र यसको रङ ढाँचा, खोपडीको आकार, चुच्चो र दाँतले पहिचान गरेको थियो।
डीएनए परीक्षण गर्न ह्वेलको शवको अवशेष चिसो भण्डारमा राखिएको छ। तर, ह्वेलको अन्तिम पहिचान पुष्टि गर्न अझै केही हप्ता लाग्ने विज्ञहरू बताउँछन्।
यस ह्वेलका केही नमूनाहरू मात्रै फेला परेका छन् र यो कहिल्यै जीवित देखिएको छैन, जसका कारण यसको बारेमा वैज्ञानिकहरूलाई धेरै कम जानकारी उपलब्ध छ।
यो खोज यस प्रजातिको बारेमा थप जानकारी जुटाउन सहयोगी हुने अनुसन्धानकर्ताहरूले बताएका छन् । यो ह्वेल न्यूजिल्याण्डको दक्षिणी भागमा रहेको ओटागो प्रान्तको टायरी नदीको मुखमा देखिएको थियो। जसको जानकारी स्थानीय तहलाई दिइएको थियो ।
संरक्षण विभागका अधिकारी गेबे डेभिसले एक विज्ञप्तिमा भने – स्प्याड-टूथेड ह्वेल सबैभन्दा कम ज्ञात ठूला स्तनधारी प्रजातिहरू मध्ये एक हो, जसको केवल छवटा नमूनाहरू विश्वव्यापी रूपमा रेकर्ड गरिएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment