इजरायलको ठूलो सहर तेल अभिभमा ड्रोन आक्रमण, एक जनाको मृत्यु
काठमाडौं । इजरायली सेनाले शुक्रबार बिहान मध्य तेल अवीवमा भएको ड्रोन आक्रमणको अनुसन्धान गरिरहेको जनाएको छ।
सेनाले आफ्नो विज्ञप्तिमा भनेको छ – प्रारम्भिक अनुसन्धानबाट यो हवाई आक्रमण भएको देखिन्छ। उक्त क्षेत्रमा हवाई गस्ती बढाउन निर्देशन दिइएको छ ।
इजरायली आपतकालीन सेवाहरूले विस्फोटमा एक व्यक्तिको मृत्यु भएको र धेरै व्यक्ति घाइते भएको बताएका छन्।
इरान समर्थित हुथी विद्रोहीहरूले सामाजिक सञ्जालमा जारी गरेको विज्ञप्तिमा तेल अवीवलाई लक्षित गरी आफ्नो सैन्य कारबाहीबारे थप जानकारी दिने बताएका छन्।
इजरायली सेनाले दक्षिणी लेबनानमा हिजबुल्लाह कमाण्डर मारिएको पुष्टि गरेपछि यो घटना भएको हो।
गत वर्ष अक्टोबरमा इजरायलले गाजामा हमासविरुद्ध कारबाही सुरु गरेपछि हिजबुल्लाह र इजरायली सेनाबीच गोली हानाहान भइरहेको छ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment