उर्सुला भान डेर लेयन युरोपेली आयोगको अध्यक्षमा पुन: निर्वाचित

डिसी नेपाल
४ साउन २०८१ १६:५१
20
Shares

काठमाडौं । गोप्य मतदानबाट युरोपेली आयोगको अध्यक्षमा उर्सुला भान डेर लेयन निर्वाचित भएकी छन् । उर्सुला भान डेर लेयन लगातार दोस्रो पटक अध्यक्षमा निर्वाचित भएकी छन् ।

स्ट्रासबर्गमा बिहीबार भएको मतदानमा उनले युरोपेली संसदका ४०१ सदस्यको समर्थन पाएकी हुन् । सेन्टर लेफ्ट युरोपेली पिपुल्स पार्टीकी भान डेर लेयन पहिलो पटक सन् २०१९ मा अध्यक्ष पदका लागि निर्वाचित भएकी थिइन्।

अब भान डेरले युरोपेली आयोगको अध्यक्षको रूपमा थप पाँच वर्ष काम गर्नेछिन्।

अध्यक्षमा पुनः निर्वाचित भएको प्रतिक्रिया दिँदै उनले यो आफ्नो लागि विशेष र भावनात्मक क्षण भएको बताइन् । मतदानपछि वक्तव्य दिँदै उर्सुलाले नतिजा बलियो आत्मविश्वासको सङ्केत भएको बताइन् ।

बिहीबार पहिलो एमइपीलाई एक भाषणमा, भान डेर लेयनले भनिन् – उनले सैन्य खर्च बढाउनेछिन्। यससँगै उनले जलवायुसम्बन्धी लक्ष्यमा अडिग रहने प्रतिबद्धता पनि व्यक्त गरिन् ।

गत महिना भएको युरोपेली नेताहरूको शिखर सम्मेलनमा भान डेर लेयनको मनोनयनलाई अनुमोदन गरिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *