डा. पंगेनीले गरे पिताको सम्झनामा “मेरो बाबा” बोलको गीत समर्पित! (भिडियो)

डिसी नेपाल
९ साउन २०८१ २०:१९
384
Shares

अमेरिका। स्व. गुणाकर पंगेनीको सम्झनामा बुढेसकालमा एक्लै बस्न बाध्य बुवाआमाहरुमा समर्पित गर्दै अमेरिकामा कार्यरत वैज्ञानिक डा. राजेन्द्र पंगेनीको गीत सार्वजनिक भएको छ।

धेरै नेपाली परिवारमा छोराछोरीहरू विदेश गएपछि बुवाआमाहरु एक्लै बस्न र एक्लोपनको छट्पटि सहन बाध्य छन्, र नेपाली समाजको यो अवस्था अत्यन्त निराशाजनक छ।

रहर वा बाध्यताले बुढेसकालमा एक्लै बस्न बाध्य बुवाआमाहरुको यही अवस्थालाई उजागर गर्दै एक गीत सार्वजनिक गरिएको छ। यो गीतले आफ्ना छोराछोरीहरू विदेशमा रहेका बुवाआमाहरुको जीवनलाई प्रतिबिम्बित गर्दछ।

यो गीतको प्रेरणा अमेरिकामा कार्यरत वैज्ञानिक डा. राजेन्द्र पंगेनीको व्यक्तिगत अनुभवबाट आएको हो। केही वर्षअघि, डा. पंगेनीले नेपाल फर्कौं महाअभियानको सुरुवात गरेका थिए, जसको उद्देश्य विदेशमा रहेका नेपालीहरूलाई नेपाल फर्किन प्रोत्साहित गर्नु थियो। तर, दुःखको कुरा, अभियानकै बिचमा डा. पंगेनीले आफ्ना बुवा गुमाए।

स्वर्गीय गुणाकर पंगेनीको सम्झनामा र विदेशमा रहेका छोराछोरीहरूको प्रतिको समर्पण स्वरूप, यो गीत सार्वजनिक गरिएको हो। यस गीतमा विदेश गएको छोराले बुवा बिरामी परेपछि आफ्नो घर फर्कने कथालाई प्रस्तुत गरिएको छ।

गीतमा, डा. राजेन्द्र पंगेनीले आफ्ना बुवाको भूमिका निभाएका छन् र उनले यस गीतको माध्यमबाट बुवाआमाहरुको मनले छोराछोरीलाई खोज्दा आफू आफ्नो गाउँ फर्किनु पर्छ भन्ने संदेश दिन चाहेका छन्।

यो गीत संगीता पंगेनीका शब्दहरू, के बी भण्डारीको संगीत, र थानेश्वर गौतमको गायनमा सजिएको छ। बिराज बाँस्कोटा, संगीता पंगेनी र डा. राजेन्द्र पंगेनीको अभिनय रहेको म्युजिक भिडियोलाई विशाल घिमिरेले निर्देशन गरेका छन्।

यस गीतले विदेशमा रहेका छोराछोरीहरूलाई आफ्ना बुवा आमाको भावनालाई बुझ्न र सम्भव भए नेपाल फर्किन प्रेरित गर्ने आशा गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.