महिला एशिया कपको सेमिफाइनल समीकरण पूरा
काठमाडौं। जारी महिला एशिया कपको सेमिफाइनलको समीकरण पूरा भएको छ। समूह ए बाट समुह विजेता हुँदै भारत र उपविजेता बनेर पाकिस्तान सेमिफाइनलमा पुगेको छ। त्यस्तै समूह ए बाट नेपाल र युएई समूह चरणबाट बाहिरिएका छन्।
त्यस्तै समूह बी बाट श्रीलंका शिर्ष स्थानमा रहेर सेमिफाइनलमा पुगेको छ भने बंगलादेश उपविजेता बनेर सेमिफाइनलमा पुगेको छ। त्यस्तै समूह बी बाट थाइल्याण्ड र मलेसिया समूह चरणबाट बाहिरिएका छन्।
अब सेमिफाइनलमा भारत र बंगलादेश खेल्ने भएका छन् भने दोस्रो सेमिफाइनलमा श्रीलंका र पाकिस्तान खेल्ने भएका छन्। सेमिफाइनलका दुवै खेल जुलाई २६ मा हुने छन्।
त्यस्तै प्रतियोगिताको फाइनल खेल जुलाई २८ मा हुने छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment