जर्मनीको ह्याम्बर्गमा रहेको इस्लामिक सेन्टरलाई प्रहरीले बन्द गरायो

डिसी नेपाल
१० साउन २०८१ १२:४२
32
Shares

काठमाडौं । जर्मनीमा प्रहरीले इस्लामिक चरमपन्थीसँग जोडिएको आशंकामा दर्जनौं ठाउँमा छापा मारेको छ ।

इरानको तर्फबाट जर्मनीमा कारबाही चलाएको आरोप लागेका इस्लामिक संगठनविरुद्ध प्रहरीले यो छापा मारेको थियो।

जर्मनीको ह्याम्बर्गमा रहेको इस्लामिक सेन्टर ‘ब्लु मोसाइक’ इस्लामिक चरमपन्थी संगठन हो भन्ने आशंका गरिएको छ । यसको पछाडिको कारण यो संगठनको इरानी सरकारसँग गहिरो सम्बन्ध रहेको बताइएको छ ।

तर अहिले यो केन्द्र बन्द भएको छ । यससँगै इस्लामिक संगठनमाथि प्रतिबन्ध लगाइएको छ ।

यस बाहेक जर्मनीका ५० भन्दा बढी घर, भवन र मस्जिदमा छापा मारिएको छ, जुन केन्द्रसँग जोडिएको आशंका गरिएको छ।

जर्मनीका गृहमन्त्री न्यान्सी फेसरले यो छापा मार्ने अभियान कुनै विशेष धर्मको विरुद्ध नभई इरानको इशारामा यहुदी विरोधी भावना भड्काउने प्रजातन्त्र विरोधी र चरमपन्थी संगठनहरू विरुद्ध भएको बताइन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *