ओलम्पिक भिलेजमा खेलाडीहरुलाई खानेकुराको अभाव

डिसी नेपाल
११ साउन २०८१ ११:५७
84
Shares

काठमाडौं । फ्रान्सेली अखबार ‘एल’इकाइप’का अनुसार केही खेलाडीले ओलम्पिक भिलेजमा खानेकुरा र पेय पदार्थसँग सम्बन्धित गुनासो गरेका छन्।

एल इकाइपका अनुसार, ‘ओलम्पिक प्रतियोगीहरूले बुधबार खानाको मात्रा, विशेष गरी अण्डा र ग्रिल गरिएको मासु पर्याप्त नभएको बताए।’

पेरिस ओलम्पिक भिलेजको आधिकारिक खानपान साझेदार सोडेक्सो लाइभले निश्चित उत्पादनहरूको उच्च माग रहेको पुष्टि गरेको छ। खेलाडीको आवश्यकतालाई ध्यानमा राखेर परिमाण बढाइने उसले बताएको छ ।

ओलम्पिक भिलेजमा ओलम्पिक र पारा ओलम्पिक प्रतियोगितामा करिब १ करोड ३ लाख थालीहरू खुवाइनेछन् । दैनिक ४० हजार थाली खुवाउने गरिएको छ ।

ओलम्पिकका लागि खाना र पेय पदार्थ आपूर्ति गर्ने क्यारेफोर समूहका प्रवक्ताले भने, ‘सुरुमा खाद्यवस्तुको मात्रा बढाउन निर्देशन दिइएको थियो। हामी यो मात्रा पूरा गर्न सक्षम छौं। विश्वभरका १५,००० खेलाडीका लागि खानाको व्यवस्था गर्नु ठूलो काम हो।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *