भारत महिला एशिया कपको फाइनलमा

डिसी नेपाल
११ साउन २०८१ १६:५५
204
Shares

काठमाडौं। भारत जारी महिला एशिया कपको फाइनलमा पुगेको छ।

शुक्रबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा भारतले बंगलादेशलाई १० विकेटले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो।

बंगलादेशले दिएको ८१ रनको लक्ष्य पछाएको भारतले ११ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पुरा गरेको थियो।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको बंगलादेशले २० ओभरमा ४ विकेट गुमाउँदै ८० रन बनाएको थियो।

अब भारतले उपाधिका लागि दोस्रो सेमिफाइनलका पाकिस्तान र श्रीलंकाबीचको विजेतासँग आइतबार खेल्ने तालिका रहेको छ। दोस्रो सेमिफाइनल खेल आजै हुँदै छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.