पेरिस ओलम्पिक: पहिलो खेलमा प्रिन्स दाहाल पराजित
काठमाडौं। जारी पेरिस ओलम्पिकमा नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल समूहचरणको पहिलो खेलमा पराजित भएका छन्।
शनिबार राति सम्पन्न पहिलो खेलमा प्रिन्स डिफेन्डिङ च्याम्पियन भिक्टर एक्सल्सनसँग लगातार दुई सेटमा पराजित भएका हुन्। भिक्टरले पहिलो सेट २१-८ ले जितेका थिए भने दोस्रो सेट २१-६ ले जितेका थिए।
समूह ‘पी’ मा रहेका प्रिन्सको यो हारसँगै अन्तिम १६ मा पुग्ने सम्भावना कमजोर भएको छ। उनले दोस्रो खेल आयरल्यान्डका नियात न्युयेनसँग २९ जुलाईमा खेल्ने छन्। यस्तै, समूहचरणको अन्तिम खेल इजरायलका मिसा जिल्बरम्यानसँग ३० जुलाईमा खेल्नेछन् । १६ वटा समूहका शीर्ष खेलाडीले अन्तिम १६ मा प्रवेश पाउनेछन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment