पेरिस ओलम्पिकमा भारतले जित्यो पहिलो पदक
काठमाडौं। भारतले पेरिस ओलम्पिकमा पदकको खाता खोलेको छ। भारतकी मनु भाकरले पेरिस ओलम्पिकमा भारतका लागि महिला १० मिटर एयर पिस्टलमा तेस्रो हुदै काशी पदक जितेकी हुन्।
उनले २२१.७ अंकका साथ तेस्रो स्थान हासिल गरेकी थिइन्। यस प्रतियोगितामा दक्षिण कोरियाका दुई खेलाडीले स्वर्ण र रजत पदक जितेका थिए। उनी सुटिङमा ओलम्पिक पदक जित्ने पहिलो भारतीय महिला खेलाडी बनेकी छन्।
योसँगै उनले सुटिङमा भारतको १२ वर्षको पदक खडेरी पनि समाप्त गरेकी छन्। २०१२ लण्डन ओलम्पिकमा गगन नारङ र विजय कुमारले सुटिङमा पदक जितेका थिए ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment