शान्ति श्री परियारको तीज गीत ‘बैंस जोवन उम्रो’ सार्वजनिक (भिडियो)
काठमाडौं। गायिका शान्ति श्री परियारको स्वरमा नयाँ तीज गीत ‘बैँस जोवन उम्रो’ सार्वजनिक भएको छ।
डी आर सुजनको शब्द, संगीत र आशिष अविरलको एरेन्ज रहेको गीतमा जीवनमा दुःख सुख भनेको आइरहन्छ दुःखमा आत्तिने र सुखमा न मात्तिने नै जीवन यापनको सजिलो माध्यम हो भन्ने सन्देश दिन खोजिएको छ।
डी आर सुजन, अञ्जली अधिकारी र सरस्वती खत्रीको अभिनय रहेको गीतको भिडियोमा नवराज उप्रेतीको सिनेमाटोग्राफी, विकास ज्ञवालीको सम्पादन र काजिस श्रेष्ठको कोरियोग्राफी रहेको छ ।
भिडियोलाई डी आर सुजनले नै निर्देशन गरेका हुन् भने गीत डी आर सुजन कै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment