तथ्यका आधारमा सत्यमा पुग्ने गरि समितिले काम गरिरहेको छः सूर्य थापा

डिसी नेपाल
२२ साउन २०८१ १८:२२
40
Shares

काठमाडौं। सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिका संयोजक सूर्य थापाले तथ्यका आधारमा सत्यमा पुग्ने गरि समितिले काम गरिरहेको बताएका छन्।

मंगलबार सिंहदरबारमा सञ्चारकर्मीसँगको छलफलमा उनले दुई महिनाको अवधिमा सरोकारवाला निकायसँग छलफल गरि तथ्यमा पुग्ने काम भएको भन्दै तथ्यका आधारमा सत्यमा पुग्ने गरि समितिले काम गरिरहेको बताएका हुन्।

उनले समितिमा विभिन्न दलको प्रतिनिधित्व रहेपनि कुनै राजनीतिक प्रभाव नराखी निष्पक्ष रुपमा अध्ययन अनुसन्धान गरिरहेको जिकिर गरे।

संसदको शत प्रतिशत मतले छानबिन समिति गठन भएको भन्दै उनले समितिले जवाफदेहीताका साथ काम गर्ने धारणा राखे।

उनले सहकारी समस्याको दीर्घकालीन समाधानको प्रयास स्वरुप समिति सक्रिय रहेकाले त्यही अनुसारको सिफारिस गर्ने स्पष्ट पारे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *