राष्ट्रिय एकता अभियानले बंगलादेश दूतावास अगाडि शसक्त विरोध प्रदर्शन गर्ने

डिसी नेपाल
२४ साउन २०८१ १३:५३
680
Shares

काठमाडौं। विनय यादव नेतृत्वको राष्ट्रिय एकता अभियानले आज राजधानीमा हिन्दुवादी संघ संस्थाका प्रतिनिधिहरुसँग छलफल गरी वंगलादेशमा हिन्दु र बौद्ध धर्मावलम्बीहरूमाथि भइरहेको हिंसाको विरोधमा एक संयुक्त संघर्ष समिति वनाई काठमाडौं स्थित वंगलादेश दुतावास अगाडी एक शसक्त विरोध प्रदर्शन गरिने जनाएको छ।

साथै, सकेसम्म आज नै पराराष्ट्र मंत्री आरजु देउवालाई एक ज्ञापनपत्र बुझाइने छ। आफू एक हिन्दु भएको नाताले बंगलादेशमा भइरहेको हिन्दुहरु माथीको अत्याचार टुलुटुलु हेरेर बस्न नसक्ने वताए।

सो वैठकमा अग्रणी हिन्दु धर्मगुरुहरु पुष्प राज पुरुष, अर्जुन प्रसाद बाँस्तोला, श्याम कृष्ण शर्मा, रामचन्द्र तिवारी, खेमनाथ आचार्य का साथै अभियन्ताहरु, राजनितिक पार्टीका प्रतिनिधीहरु का साथै विश्लेषक अरुण कुमार सुवेदी लगायतको समेत उपस्थिती रहेको थियो। सो बैठकबाट सर्बसम्मत सो निर्णय भएको बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.