मन्त्रिपरिषदको वरियता हेरफेर
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषदको वरियता हेरफेर गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले मौजुदा मन्त्रिपरिषद्मा वरियता हेरफेर गरेका हुन्।
उपप्रधानमन्त्री र अन्य मन्त्रीहरुको स्थान यथावत रहे पनि कांग्रेसबाट प्रतिनिधित्व गर्ने दुई मन्त्रीको वरियता भने हेरफेर भएको छ।
कांग्रेस सहमहामन्त्रीसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेको १४औं स्थानमा बढुवा भएको छ भने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल १६औं स्थानमा पुगेका छन् ।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment