कोशी प्रदेशमा भोलि सार्वजनिक बिदा

डिसी नेपाल
२४ साउन २०८१ १९:०३
164
Shares

विराटनगर। कोशी प्रदेश सरकारले भोलि प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को आजको बैठकले विश्व अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसका अवसरमा प्रदेशभर बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारीले जानकारी दिए।

सो दिवस मनाउन प्रदेशभित्रका सबै सरकारी कार्यालय, स्थानीय तह, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थामा बिदा दिने निर्णय भएको प्रवक्ता अधिकारीले जानकारी दिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *