स्कुटरको डिक्कीबाट २ लाख रुपैयाँ चोरी, एक पक्राउ
काठमाडौं । स्कुटरको डिक्कीमा राखेको नगद २ लाख रुपैयाँ चोरी गरेको अभियोगमा ललितपुर भैंसेपाटी बस्ने बाँके सितापुर नगरपालिका ३ खजुराका ३५ वर्षीय मोहन मगर भन्ने मोहन खत्रीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ।
ललितपुर महानगरपालिका २५ भैंसेपाटी बस्ने ३० वर्षीय शिबराम आले मगरको स्कुटरको डिक्कीमा रहेको उक्त नगद साउन २० गते राति चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा चोरी गरेको रकममध्ये नगद ८९ हजार रुपैयाँ र मोवाईल २ थान सहित खत्रीलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखा टेकुले जनाएको छ।
खत्रीलाई थप अनुसन्धान एवम् कारबाहीको लागि उक्त महाशाखाले महानगरीय प्रहरी परिसर ललितपुर पठाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment