नेपालको स्याटेलाइट भारतले अन्तरिक्षमा प्रक्षेपण गरिदिने
काठमाडौं । नेपालको स्याटेलाइटलाई भारतले अन्तरिक्षमा प्रक्षेपण गरिदिने भएको छ । भारतको अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले यो स्याटेलाइटलाई अन्तरिक्षमा प्रक्षेपण गरिदिने भएको हो ।
नेपालको मुनाल स्याटेलाइट प्रक्षेपण गर्न भारतको विदेश मन्त्रालय र न्यू स्पेस इन्डिया लिमिटेड (एनएसआइएल) बीच अगस्ट १० मा समझदारी पत्रमा हस्ताक्षर भएको हो । यसअघि भारतको विदेश मन्त्रालयले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानसँग यसको सम्झौता गरेको थियो ।
यस वर्षको जनवरीमा भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा एनएसआईएल र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) बीच यसको सुरुवात गर्ने सम्झौता भएको थियो । एनएसआइएल भारतको अन्तरिक्ष एजेन्सी इसरोको व्यावसायिक शाखा हो।
मुनाल स्याटेलाइट नेपालमा नास्टले विकास गरेको हो । नेपाली अन्तरिक्ष स्टार्टअप अन्तरिक्ष प्रतिष्ठान नेपाल (एपीएन) ले यो स्याटेलाइटको डिजाइन र निर्माणमा नेपाली विद्यार्थीलाई सहयोग गरेको छ ।
यसलाई पृथ्वीको सतहमा वनस्पति घनत्वको डाटाबेस बनाउन प्रयोग गरिनेछ। यसलाई एनएसआइएलको पोलर स्याटेलाइट लन्च भेहिकल (पीएसएलभी) बाट चाँडै प्रक्षेपण गर्ने अपेक्षा गरिएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment