मधेशी आयोगको छैठौं बार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

डिसी नेपाल
३० साउन २०८१ १२:३५
12
Shares

काठमाडाैं। मधेशी आयोगले छैठौ बार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गरेको छ। बुधबार शितल निवासमा संविधानको धारा २९४ बमोजिम आयोगका अध्यक्ष डा बिजय कुमार दत्तले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आर्थिक बर्ष २०८०-८१ को वार्षिक प्रतिवेदन पेश गरेका हुन्।

प्रतिवेदन पेश गर्दै अध्यक्ष दत्तले आयोगमा प्राप्त उजुरी उपर कारवाहीका लागि सम्बन्धित निकायलाई सिफारिस गरिएको र आयोगले गरेका निर्णयहरुको कार्यान्वयन ९५ प्रतिशत भन बढी रहेको जानकारी दिए।

गत आर्थिक बर्षमा बिभिन्न मान्यमबाट ५८ वटा उजुरी प्राप्त भएको उनले बताए। उनले न्यून स्रोत साधन तथा बजेटको अभाव भएपनि मधेशी समूदायको थर सूचीकरण अध्ययन प्रतिवेदन राष्ट्रपति समक्ष सिफारिस गरिएको बताए। अध्यक्ष दत्तले सरकार आयोगको सिफारिसहरुप्रति थप गम्भीर हुनुपर्ने बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *