सिनेमा छनोटमा मेरो कमजोरी भएकै हो : आर्यन सिग्देल

डिसी नेपाल
२६ साउन २०७६ ८:१८

काठमाडौं। अभिनेता आर्यन सिग्देलको चार्म पहिलेजस्तो छैन्। न त उनका सिनेमा नै पहिले जसरी प्रदर्शनमा आईरहेका छन्। गतवर्ष आर्यन अभिनित ‘कायरा’ प्रदर्शनमा आएको थियो। यसवर्ष यही साउन ३० गतेबाट सिनेमा ‘हजार जुनीसम्म’ प्रदर्शनमा आउँदैछ।

सिनेमा रिलिज मिति नजिकिँदै जाँदा आर्यन प्रचार–प्रसारमा ब्यस्त छन्। केही दिनअघि भएको भेटमा आर्यनले आफ्ना सिनेमा पातलिए पनि दर्शकले सधै माया गरिरहेको बताए।

‘तपाईको क्रेज घटेको हो ?‘ सञ्चारकर्मीको प्रश्नमा उनले भने, –‘अहिले मेरा सिनेमा निरन्तर नआएका हुन्। दर्शकको माया पहिलेभन्दा बढी पाएको छु।’

यद्यपी कुनै समय आफूले सिनेमा छनोटमा कमजोरी गरेको उनले स्वीकारे।

‘बिचमा मेरा केही सिनेमा दर्शकले रुचाउनुभएन्। त्यसको पछाडि मेरै कमजोरी हो’ आर्यनले थपे –‘कहिलेकाँही अप्ठयारोमा परिँदोरहेछ। कतिपय सिनेमा कथा भन्दा पनि साथीभाईका कारण खेलें। कतिपय पैसाका लागि खेलेँ।’

अहिले भने आफू सिनेमा छनोटमा गम्भीर हुने गरेको उनले बताए। आउँदो सिनेमा ‘हजार जुनीसम्म’लाई लिएर आर्यन आशावादी देखिएका छन्। सिनेमामा उनको दुई पुस्ताको चरित्र देख्न सकिन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *