फिल्म ‘बेहुली फ्रम मेघौली’ को नयाँ गीत ‘छड्के सलाम’ सार्वजनिक (भिडियो)
काठमाडौं। आगामी असोज १७ गते अर्थात घटस्थापनबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘बेहुली फ्रम मेघौली’को नयाँ गीत ‘छड्के सलाम’ सार्वजनिक गरिएको छ ।
यस फिल्मको ‘बिहे गर्ने कि नगर्ने ?’ र ‘उडायो मन’ गरी दुई गीत सार्वजनिक भइसकेका छन्।
जयन जे वाइबाको शब्द रचना तथा संगीत रहेको गीतमा कालीप्रसाद बाँस्कोटा, निश्चल बस्नेत र बबिना किराँतीको पार्श्व गायन छ। प्रदीप लामा र रेविका खत्रीको कोरियोग्राफीमा तयार भएको गीतमा निश्चल र स्वस्तिमासहितका कलाकारहरुको नृत्य रहेको छ।
साजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन रहेको फिल्ममा स्वस्तिमा र निश्चलसँगै विजय बराल, टीका पहारी, बसुन्धरा भुसाल, लोकेन्द्र लेखक, सिम्रन खड्का, सिरु विष्ट, अमीर गौतम, लुनिभा तुलाधर, मुकुन्द मैनाली, रामबाबु रेग्मी लगायतको पनि अभिनय छ । निश्चल र स्वस्तिमा दम्पती आफैं निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा शंकर पाण्डे र फिरोज खड्का छन्।
यो फिल्ममा नरेन्द्र मैनालीको डीओपी, निमेष श्रेष्ठको सम्पादन, प्रदीप लामा, केवीका खत्री र शेखर घर्ती मगरको कोरियोग्राफी एवं जयन जे वाइबा र कुशल पोखरेलको संगीत छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment