बझाङमा पहिरोले एकै परिवारका चार जनाको मृत्यु

डिसी नेपाल
३ भदौ २०८१ ८:५६
20
Shares

धनगढी । बझाङको बुंगल नगरपालिका-१० स्थित टुमेडामा पहिरोमा च्यापिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार घरमाथिबाट पहिरो जाँदा काली धामी, गोल्की धामी, आसिका धामी र लक्ष्मी धामीको मृत्यु भएको हो । स्थानीय र प्रहरीले बिहान चारै जनाको शव निकालेको थियो ।

गएराती एक बजे पहिरो खसेर घर पुरिएको तिह्यो । पहिरो जानेबित्तिकै स्थानीयले परिवारका अन्य पाँच जनाको उद्धार गरेका थिए ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *