नेपाल प्रिमियर लिग मंसिर १५ गतेदेखि, लोगो सार्वजनिक
काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिगको लोगो सार्वजनिक गरिएको छ।
सोमबार साँझ काठमाडौंमा आयोजित विशेष समारोहकाबीच खेलकुदमन्त्री तेजु लाल चौधरीले नेपाल प्रिमियर लिगको लोगो सार्वजनिक गरेका हुन्। क्यानले आगामी मंसिर १५ गतेदेखि पौष ६ गतेसम्म नेपाल प्रिमियर लिग आयोजना गर्ने जानकारी समेत दिएको छ।
कार्यक्रममा खेलकुद मन्त्री चौधरीले क्रिकेटले नेपाललाई विश्वमाझ चिनाएको भन्दै क्रिकेटको विकासमा सदैव सहयोग गर्न तयार रहेको बताए ।
त्यस्तै क्यानका सचिव पारस खड्काले नेपाल प्रिमियर लिगको आयोजनासंगै घरेलु क्रिकेटको नयाँ युगको सुरुवात हुने र क्रिकेटको व्यवसायिकतामा नयाँ आयाम थप्ने बताए। त्यस्तै क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सवैको साथ र सहयोगमा लिगलाई सफल बनाउने जिकिर गरे।
No ads found for this position


डिसी नेपाल
Facebook Comment