ताप्लेजुङ गोल्डकपः सिरहा सेमिफाइनलमा
फुङ्लिङ। सलहेस युवा क्लब सिरहा ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। आज भएको खेलमा पाँचथर फुटबल क्लबलाई १–० ले पराजित गर्दै सिरहा सेमिफाइनलमा पुगेको हो।
लाखेजात्राका अवसरमा लाखे जात्रा सञ्चालन समितिद्वारा भानुजन माध्यामिक विद्यालयको प्राङ्गणमा आयोजित प्रतियोगितामा आठ टोली सहभागी छन्। सेमिफाइनलमा सिरहाले यही भदौ ६ काठमाडौं र झापाबीचको विजेतासँग खेल्नेछ।
प्रतियोगिताको बिजेताले रु पाँच लाख र उपबिजेताले रु दुई लाख ५० हजार पाँच सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्। साथै विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिने जनाइएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment