विवाहित र अविवाहित महिलाहरुका लागि मिस एण्ड मिसेस यूनिर्भसल, अडिसन सम्पन्न
काठमाडौं। विवाहित र अविवाहित महिलाहरुबिचको सौन्दर्य प्रतियोगीता मिस एण्ड मिसेस यूनिर्भसल २०२४ को अडिसन सकिएको छ। गएको शनिबार काठमाडौंको अनामनगर स्थित युनियन हाउसको हलमा सहभागी ३५ प्रतिस्पर्धीहरुको अडिसन गरिएको थियो। यो मिस एण्ड मिसेस यूनिर्भसलको तेस्रो संस्करण हो।
प्रतियोगितामा नेपालका ७ वटै प्रदेश गरी डिजिटल अडिसनबाट ७५ प्रतियोगिबाट छानिएर ३५ प्रतियोगिहरुको अडिसन सम्पन्न भएको कार्यक्रमकी संयोजक अमृता राईले जानकारी दिइन्। तेस्रो संस्करणको लागि अफिसियल कोरियोग्राफर दिक्पाल कार्की र असिस्टेन्ट कोरियोग्राफर परिका भण्डारी रहेका छन्।
यस्तै आयोजक कम्पनी स्पार्कल इन्टरटेन्मेन्टकी अध्यक्ष नितु श्रेष्ठले मिस एण्ड मिसेस यूनिर्भसलले विवाहित र अविवाहित महिलाहरुको बौद्धिक क्षमतामा बृद्धि गर्ने बताउँछिन् । श्रेष्ठले महिलाहरु पुरुष सरह समाजमा काम गर्न सक्ने र कुनैपनि ठाउँको नेृतृत्व सम्हाल्न सक्छन् भन्दै बिशेषगरी बिवाहित महिलाहरुलाई घर भित्रसँगै बाहिरको काममा पनि उत्तिकै क्षमतावान बनाउने उद्देश्य कार्यक्रमको रहेको जानकारी दिइन् ।
अडिसनमा हास्य कलाकार पल्पसा डंगोल (चम्सुरी) , कोरीयोग्राफर दिक्पाल कार्की, अभिनेता मनिस राउत, प्रयाङस्टार एलिस राई, हास्य कलाकार साथै जादुगर राजेन्द्र गिरी निर्णायक मण्डलको भूमिकामा रहेका थिए ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment