२१ जना प्रहरी अधिकारीले दायर गरेको रिट न्यायाधीश फुयालको इजलासमा

डिसी नेपाल
६ भदौ २०८१ ११:४५
44
Shares

काठमाडौं। ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै प्रहरी अधिकारीहरुले दायर गरेको रिट प्रारम्भिक सुनुवाइका लागि पेशी तोकिएको छ।

वरिष्ठ प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठसहित २१ जना प्रहरी अधिकारीले दायर गरेको रिट सुनुवाइका लागि सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा पेशी तोकिएको हो।

उमेर हद बाँकी रहेपनि सेवा अवधि ३० वर्ष पूरा भएको कारण नेपाल प्रहरीका ९० जना अधिकारीहरु आगामी भदौ १५ गतेदेखि अवकाश जाँदैछन्। उमेर हद बाँकी रहेसम्म प्रहरी सेवामा रहन पाउनुपर्ने भन्दै उनीहरुले रिट दायर गरेका हुन्।

उनीहरुले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, प्रहरी किताबखाना समेतलाई विपक्षी बनाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *