सुमनाको प्रधानमन्त्री ओलीलाई कटाक्ष-शिक्षामा राजनीति हुनुपर्छ भन्ने सेनापति को?
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि शिक्षामा राजनीति गरेको आरोप लगाएकी छन्।
विहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै पूर्वशिक्षामन्त्री समेत रहेकी श्रेष्ठले प्रधानमन्त्री ओलीले शिक्षामा राजनीति हुनुपर्ने वकालत गर्दै हिँडेको आरोप लगाएकी हुन्।
उनले भनिन्-‘शिक्षालयमा दल चाहिन्छ भनेर अहिले सेनापतिको रुपमा सबै ठाउँमा बोल्दै हिँड्ने सबै ठाउँमा दलगत हुनुपर्छ र राजनीति चाहिन्छ, शिक्षक र प्राध्यापकहरुले राजनीति गर्नुपर्छ भन्ने सेनापति को हुनुहुन्छ ? अहिलेका प्रधानमन्त्री। जरोमा पनि उही, टुप्पोमा पनि उही । यसमा प्रधानमन्त्रीज्यूको कार्यक्षमता भएन भनेर नभन्नुपर्ने कारण चाहीँ के छ ? बताईदिनुपर्यो । यो प्रश्नमा मैले सरकारको, कुलपति र प्रधानमन्त्रीज्यूको गम्भीर ध्यानाकार्षण गराएँ।’
श्रेष्ठले त्रिविमा अहिले देखिएको विवादको विषयमा कटाक्ष गर्दै अहिले बुद्धिभन्दा बल ठूलो र बलभन्दा दल ठूलोजस्तो देखिएको टिप्पणी गरेकी छन्। साथै उनले अहिले विश्वविद्यालयमा देखिएको दृश्य दलीय राजनीतिकरणले निम्त्याएको दुर्दशा भएको बताएकी छन्।
उनले रास्वपाले स्वास्थ्य, शिक्षा र प्रशासन राजनीतिमुक्त हुनुपर्नेमा स्पष्ट रहेको बताएकी छन्।
No ads found for this position

डिसी नेपाल
Well done Sumana ji, 100% right, no politics student,and civil servants all must must be neutral.