साफ यु–२० च्याम्पियनसिपः बंगलादेशलाई पराजित गर्दै नेपाल समूह विजेता

डिसी नेपाल
६ भदौ २०८१ १७:४३
144
Shares

काठमाडौं। घरेलु टोली नेपाल समूह विजेता बन्दै साफ यु–२० च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ।

समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशलाई २–१ को गोल अन्तरले पराजित गरेको हो। एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको खेलमा नेपालका लागि समीर तामाङ र निराजन धामीले गोल गरे । बंगलादेशका मिराजुल इस्लामले एक गोल फर्काए।

खेलको १७ औं मिनेटमै नेपालले सुरुआती अग्रता लियो । नेपालका कप्तान कुशल देउवाले पेनाल्टी बक्सबाट क्लियर गरेको बललाई बंगलादेशका गोलकिपरले रोक्न खोज्दा समीर तामाङले गोल गरेका थिए। त्यस्तै खेलको १९ औं मिनेटमा निराजन धामीले गोल गरे। पहिलो हाफको ४२ औं मिनेटमा मिराजुल इस्लामले बंगलादेशका लागि गोल गरेका थिए।

तीन अंक जोडेको बंगलादेश पनि समूह उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरिसकेको छ। अब शुक्रबार हुने समूह बी को अन्तिम खेलबाट नेपाल र बंगलादेशको सेमिफाइनल प्रतिद्धन्दी तय हुने छ।

६ राष्ट्र सम्मिलित प्रतियोगितामा नेपाल समूह ए मा छ । समूह ए मा नेपाल सहित बंगलादेश र श्रीलंका रहेका छन् । समुह बी मा भारत, माल्दिभ्स र भुटान रहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *