कार्यकर्ता र जनतामा लोकप्रिय रहँदासम्म चुनाव लड्न पाउनुपर्छ : प्रकाशमान सिंह

डिसी नेपाल
७ भदौ २०८१ १८:४१
72
Shares

काठमाडौं। नेपाली कांग्रेसका नेता एवं उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारमा रहँदा पार्टीलाई लोकप्रिय बनाउने गरि काम गर्ने बताएका छन्।

शुक्रबार कांग्रेस केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्ने क्रममा उनले पार्टीको प्रतिष्ठा बढाउने र लोकप्रिय बनाउने गरि काम गर्ने बताएका हुन्। उनले पार्टीका नेता कार्यकर्तालाई सरकारलाई सफल बनाउन रचनात्मक सल्लाह र सुझाव दिन पनि आग्रह गरे। अहिले सिंहको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी छ।

‘सरकारमा पार्टीले जिम्मा दिएर पठाएको छ। पार्टी र पार्टीका साथीहरुको शीर उच्च हुने गरि काम गर्नेछु,’ सिंहलाई उद्धृत गर्दै बैठकमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिए।

त्यस्तै फरक सन्दर्भमा नेता सिंहले पार्टीमा लोकप्रिय भएसम्म पार्टीको आन्तरिक चुनाव र जनतामा लोकप्रिय भएसम्म आम निर्वाचन लड्न पाउनुपर्ने मत राखे। कांग्रेसमा अहिले नेतृत्वको बहिर्गमनबारेको प्रस्तावमाथि आफ्नो धारणा राख्ने क्रममा उनले कार्यकर्ता र जनतामा लोकप्रिय रहँदासम्म चुनाव लड्न पाउनुपर्ने बताएका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *