साउदी लिगमा अल हिलालको विजयी शुरुवात
काठमाडौं। साउदी प्रो लिगको नयाँ सिजनमा अल हिलालले विजयी शुरुवात गरेको छ।
गएराति सम्पन्न खेलमा अल हिलालले अल अख्डोउडलाई ३-० गोल अन्तरले पराजित गर्दै सिजनमा विजयी शुरुवात गरेको हो।
साउदी प्रो लिगको डिफेन्डिङ च्याम्पियनसमेत रहेको अल हिलालको जितमा अलेक्सन्डर मिट्रोभिकले २ गोल गरेका थिए भने सेर्गेज मिलिनकोभिक साभिकले एक गोल गरेका थिए। यो जितपछि अल हिलालले महत्वपूर्ण ३ अंक हासिल गरेको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment