डेंगीका बिरामी छ हजार नाघे, उपत्यकामा छ सय ८० संक्रमण
काठमाडौं। देशभरि डेंगीका बिरामीको संख्या छ हजारभन्दा बढी पुगेको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेंगी रोगको संक्रमण हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा डेंगी रोगको संक्रमण देखिएको छ।
महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहाल अनुसार छ हजार तीन सय ४७ जनामा डेंगी रोगको संक्रमण देखिएको छ। यस्तै तीन जना डेंगी रोगको संक्रमणको कारणले निधन भइसकेको छ।
पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ति फुल लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएपछि मानिसलाई टोक्यो भने डेंगी रोग लाग्दछ।
गण्डकी प्रदेशमा सबभन्दा बढी
डेंगी सबभन्दा बढी गण्डकी प्रदेशमा देखिएको छ। महाशाखाका अनुसार गण्डकी प्रदेशमा दुई हजार नौ सय ५४ देखिएको छ। कोशी प्रदेशमा सात सय ९१ जना, मधेसमा सय जना, बागमतीमा एक हजार छ सय २३ जना, लुम्बिनी चार सय ४४ जना, कर्णालीमा ९३ जना र सुदूरपश्चिम प्रदेशमा तीन सय ४२ जना सङ्क्रमण देखिएको छन्।
उपत्यकामा छ सय ८०
काठमाडौं उपत्यकामा छ सय ८० जनामा डेंगी संक्रमण देखिएको छ। जिल्लामा पाँच सय ११, भक्तपुर ६९ र ललितपुर सय जनामा डेंगी संक्रमण देखिएको छ। वर्षाका बेला पानीका संक्रलन गरेर राख्ने र संक्रलन गरिएको पानीमा लामखुट्टे रहने र त्यही लामखुट्टेले टोक्ने भएकाले डेंगीको संक्रमण बढेको हो।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगी रोगको संक्रमण बढेपछि हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालयमा र अस्पताल परिसरमा सरसफाइ गर्नुको साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरेको छ। सरकारी अस्पतालमा डेंगी रोगका बिरामीका उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको छ।
हैजा ७५ जनामा
यस्तै महाशाखाका अनुसार हैजाका बिरामी ७५ जना पुगेका छन्। महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा दाहालका अनुसार ललितपुरमा ५० काठमाडौंमा १० जना, कैलालीमा आठ जना, प्यूठान दुई, मकवानपुर एक र रोल्पामा चार जनामा हैजा पुष्टि भएको छ।
हैजा अति संक्रामक र शीघ्र फैलिने झाडापखाला भएकाले हैजाको मुख्य लक्षण चौलानी पानी जस्तो दिशा आउने वाकवाकी लाग्ने र वान्ता हुने, कडा जलवियोजन हुने गर्दछ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment