उरुग्वेका फुटबलर स्वरेजको अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास
काठमाडौं। उरुग्वेका सुपरस्टार फुटबलर लुइस स्वरेजले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन्। ३७ बर्षीय स्वरेजले उरुग्वेको राष्ट्रिय टिमबाट नखेल्ने घोषणा गरेका हुन्।
स्वरेजले अब आफ्नो उरुग्वेका लागि अन्तर्राष्ट्रिय खेल आगामी शनिबार पराग्वेविरुद्धको खेल नै अन्तिम हुने बताएका छन्। स्वरेज अहिलेसम्म उरुग्वेका लागि सर्बाधिक गोलकर्ता समेत हुन्। उनले उरुग्वेका लागि अहिलेसम्म १४२ खेल खेल्दै ६९ गोल गरेका छन्।
स्वरेजले १९ बर्षको उमेरमा २००७ मा उरुग्वेका लागि डेभ्यु गरेका थिए। उनले २०१०, २०१४, २०१८ र २०२२को विश्वकप समेत खेलेका थिए।
हाल इन्टर मियामीबाट व्यावसायिक फुटबल खेलिरहेका स्वरेजले क्लब फुटबललाई भने केहि बर्ष निरन्तरता दिने छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment