नेप्सेमा ९० अंकको गिरावट, १२ अर्बको कारोबार
काठमाडौं। नेप्सेमा ९०.७३ अंकको गिरावट आएको छ। बुधबार नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३ दशमलव २० प्रतिशत अर्थात् ९०.७३ अंकले घटेर २७३९.४६ अंकमा झरेको छ।
बुधबार ३२० वटा कम्पनीको कारोबार हुदा १२ अर्ब ९२ करोड ५६ लाख ८८ हजार २१५ बराबरको कारोबार भएको छ।
आज एक्सेल डेभलपमेन्ट बैंकसहितचार कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने कुमारी इक्विटी फन्डको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ।
त्यस्तै आज सबै भन्दा बढी कारोबार नेपाल फाइनान्सको भएको छ। आज नेपाल फाइनान्सको ३० करोड ५२ लाख बराबरको शेयर कारोबार भएको छ। त्यस्तै आज अपि पावरको ७ लाख १९ हजार ३२९ कित्ता शेयर किनबेच भएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment