तोलामा एक हजार दुई सयले घट्यो सुनको मूल्य
काठमाडौं। आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ।
आइतबार सुन तोलाको १२ सयले घटेर एक लाख ५२ हजार एक सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस अघि शुक्रबार सुनको मूल्य अहिलेसम्मकै उच्च १ लाख ५३ हजार ३ सयमा कारोबार भएको थियो।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलाको ४५ रुपैयाँले घटेर १७५० मा कारोबार भइरहेको महासंघले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment