चलचित्र ‘के घर के डेराः घर नम्बर २’ को २५ दिनमै सकियो छायांकन
काठमाडौं। दिपेन्द्र के खनालले निर्देशन गरेको चलचित्र ‘के घर के डेराः घर नम्बर २’को छायांकन पनि २५ दिनमा पूरा गरेका छन् । शनिबार अन्तिम दृश्य खिच्दै फिल्मको छायांकन सकिएको हो।
काठमाडौं र ललितपुरमा छायांकन भएको यो फिल्ममा खगेन्द्र लामिछाने, आर्यन सिग्देल, निश्चल बस्नेत, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे लगायतको अभिनय रहेको छ। छायांकनमा जानुभन्दा अगाडि नै आगामी माघको ११ गतेलाई फिल्मको प्रदर्शन मिति घोषणा गरिएको थियो। अहिलेसम्म यो मितिमा अरु फिल्म छैनन्।
युवराज कार्की कार्यकारी निर्माता रहेको फिल्ममा शरद श्रेष्ठ, किरण महर्जन र राजीव श्रेष्ठ निर्मातामा छन्। ‘कर्नाली ब्लुज’, ‘एक्लो’, ‘उसले दिएको उमेर’, ‘फिरफिरे’ जस्ता उपन्यासका लेखक बुद्धि सागरको लेखन रहेको यो फिल्मका छायाँकार कृष्णबहादुर थापा हुन्। फिल्मले सामाजिक विषयलाई रमाइलो शैलीमा भनेको छ । घरबेटी र डेरावालको कथामा आधारित भएर फिल्म बनेको हो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment