पलेशा गोबर्धन एक लाख पुरस्कारसहित सम्मानित
काठमाडौं। रिपोर्टर्स क्लब नेपालले पेरिस प्यारालम्पिक तेक्वान्दोमा काश्यपदक विजेता पलेशा गोबर्धनलाई एक लाख पुरस्कारसहित सम्मान गरेको छ।
आज यहाँ आयोजित कार्यक्रममा क्लबका सभापति ऋषि धमलाले पलेशालाई सम्मान गरे। त्यसैगरी, कोच कविराज नेगी र व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई पनि सम्मान गरिएको छ। कोच नेगीलाई २५ हजार पुरस्कारसहित सम्मानपत्र प्रदान गरिएको हो।
व्यवस्थापक श्रेष्ठलाई विशेष सम्मानसहित अभिनन्दन गरिएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment